NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

त्रिशूलीमा ट्रक खस्यो

काठमाडौं । त्रिशूली नदीमा ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका–५ स्थित सडकबाट शनिबार बिहान ९ बजे इँटा बोकेको ट्रक खसेको हो ।

ट्रक नदीमा डुबेकाले नम्बर र त्यसमा सवार व्यक्तिबारे खुलेको छैन ।

घटनालगत्तै मुग्लिनबाट प्रहरीको टोली त्यसतर्फ गएको छ ।