NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

जहाँ महिलाहरूले कुमारीत्वको प्रमाणपत्र लिनुपर्छ

एजेन्सी । संसारका यस्ता धेरै देशहरू छन् जहाँ महिलाको कुमारीत्वलाई अभिन्न विषयका रूपमा लिइन्छ । कतिले महिलाको कुमारीत्वलाई आफ्नो इमान र प्रतिष्ठाका रूपमा जोड्नेसमेत गरेका छन् । इरानमा पनि विवाहभन्दा पहिला युवतीको कुमारीत्व उसको र परिवारको लागि अहमको रूपमा लिने गरिन्छ ।

त्यहाँ युवतीको विवाह पहिला पुरूषहरूले महिलाको कुमारीत्वको प्रमाणपत्र माग्ने गर्छन् । विश्व स्वास्थ्य संगठनले यो प्रथालाई मानवअधिकारको विरूद्धको रूपम अथ्र्याएको छ ।
पछिल्लो एक वर्षदेखि यस्तो प्रथाकोविरूद्ध आन्दोलन गर्नेको संख्या पनि बढेको छ ।

‘तिमीले मलाई फसाएर विवाह ग-यौ किनभने तिमी कुमारी थिएनौ । यदि यसबारे पहिला नै जानकारी पाएको भने कसैले पनि तिमीसँग विवाह गर्थेन,’ पहिलो पटक श्रीमानसँग शारीरिक सम्पर्क भएपछि मरियम(नाम परिवर्तन)ले आफ्ना श्रीमानबाट यही खप्की सुनिन् । यौन सम्पर्कको बेलामा उनको योनीबाट रगत नबगेपछि मरियमका श्रीमानले उनको कुमारीत्वमाथि यसरी प्रश्न वर्षाएका थिए ।

मरियमले यसअघि आफूले कसैसँग यौन सम्पर्क नगरेकोबारे श्रीमानलाई सम्झाउने कोशिस गरिन् । तर, श्रीमान उनका कुरा सुन्न तयार भएनन् । बरु मरियमलाई उनको कुमारीत्वको प्रमाणपत्र लिएर आउन भने ।

महिलाको कुमारीत्वको प्रमाणपत्र माग्नु इरानका पुरूषको लागि सामान्य विषय हो । विवाह तय भएपछि इरानका अधिकांश महिला डाक्टरकोमा गएर कुमारीत्वको प्रमाणपत्र बनाउँछन् ।
विश्व स्वाथ्य संगठन भने कुमारीत्वको कुनै पनि वैज्ञानिक आधार नभएको बताउँछ । मरियमले बनाएको प्रमाणपत्रमा उनको हाइमिन (एक प्रकारको झिल्ली) लचिलो भएको र जसकारण यौन सम्पर्क गर्दा रक्तस्राव नभएको हुन सक्नेबारे लेखिएको थियो ।

‘यसले मेरो आत्मसम्मानमा ठेस पुगेको छ । मैले केही पनि गलत गरेकी छैन तर पनि मेरा श्रीमानले मेरो अपमान गरिरहे । म यो अपमान सहनै सकिरहेकी थिइन । जसकारण मैले औषधी खाएर आत्महत्याको प्रयास गरें,’ मरियमले भनिन् ।

उनलाई समयमै अस्पताल पु¥याएका कारण बाँच्न सफल भइन् । आत्महत्याको प्रयासपछि उनको शरीरको तौल २० किलो घटेको थियो ।

मरियमको व्यथा इरानका कयौं महिलाको साझा व्यथा हो । विवाह पहिला कुमारी हुनुपर्ने विषय अझै पनि त्यहाँका अधिकांश महिला र उनीहरूका परिवारका लागि एक घमण्डको विषय हो । यो इरानको संरक्षणवादी संस्कृतीको हिस्सा हो ।

तर, अहिले भने अवस्थामा केही परिवर्तनका झिल्का देखिन थालेका छन् । त्यहाँका महिला र पुरूष कुमारीत्व प्रमाणपत्रको विरूद्धमा आवाज उठाइरहेका छन् ।
गत वर्षको नोभेम्बरमा अनलाइनमा गराइएको एक सर्भेमा एक महिनाभित्र २५ हजार भन्दा बढी व्यक्तिहरूले कुमारीत्व प्रमाणपत्रको विरूद्धमा हस्ताक्षर गरेका थिए ।

कुमारीत्वलाई लिएर इरानमा यति धेरै युवाले चुनौती दिएको यो पहिलो पटक थियो । इरानकै अर्की महिला नेदाको कुमारीत्वको क्राससँगको अनुभव पनि डरलाग्दो छ । उनी भन्छिन्, ‘कुमारीत्वको प्रमाणपत्र पेश गर्नुपर्ने विषय व्यक्तिगत जीवनको हनन् मात्र्र नभएर निकै अपमानजनक पनि छ ।’

नेदा जब १७ वर्षकी थिइन्, उनले आफ्नो प्रेमीसँग शारीरिक सम्पर्क राखिन् । त्यसपछि उनलाई योबारेमा घरमा थाहा पाए भने के होला भन्ने भयले सताउन थाल्यो । अन्तत नेदाले आफ्नो हाइमेन पुरानै स्थितीमा ल्याउने अर्थात् कुमारीत्व फर्काउनेबारे निर्णय गरिन् ।

प्राविधिक रूपमा इरानमा यस्तो गर्नु गैरकानूनी होइन । तर, यसको सामाजिक परिणाम भने निकै गम्भीर हुन सक्ने कारणले त्यहाँका कुनै पनि अस्पताल कुमारीत्व फर्काउने काम गर्न तयार हुँदैनन् ।

यस्तैमा नेदाले एक निजी क्लिनक पत्ता लगाइन् जहाँ गुपचुप रूपमा महिलाहरूको कुमारीत्व फर्काउने काम हुन्थ्यो । उनले त्यसको लागि आफ््नो ल्यापटप, सुन र मोबाइल फोन बेचिन्।

उपचार गर्ने क्रममा उनले भवितव्य केही भइहालेमा सबै जिम्मेवारी आफैंले लिने भनेर लेखिएको पत्रमा हस्ताक्षर गर्नुपर्ने थियो । त्यसपछि लगभग ४० मिनेटमा सबै काम भयो । तर, नेदालाई पूर्ण रूपमा स्वस्थ्य हुन कयौं हप्ता लाग्यो । त्यस समय आफूूलाई निकै दुखाई महसुस भएको उनी बताउँछिन् । तर, परिवारले विवाहअघि यौन सम्बन्ध राखेको थाहा पाउने डरमा यो सबै सहन बाध्य थिइन् उनी ।

तर, उनले जुन दुखाइ सहिन् त्यसको केही फाइदा भएन । त्यसको एक वर्षपछि नेदा फेरि प्रेम सम्बन्धमा परिन् । ती युवकले उनलाई विवाह गर्न चाहेको बताउँथे । उनीहरूबीच जब यौन सम्पर्क भयो, तर नेदाको योनीबाट रक्तश्राव भएन । उनको रक्तश्राव नभएको विषयलाई ती प्रेमीले पनि आफूलाई विवाह गर्नका लागि फसाउन खोजेको आरोप लगाए । उनलाई झुठी भएको संज्ञा दिँदै ती प्रेमीले पनि छोडेर गए ।

विश्व स्वास्थ्य संगठनले कुमारीत्व परीक्षणको कुनै पनि वैज्ञानिक आधार नभएको बताएको छ । तर, आज पनि विश्वका कयौं देशमा यो प्रचलित छ । कुमारीत्व परीक्षण गर्ने र गराउने मुलुकमा इन्डोनेसिया, इराक र टर्की पर्छन् ।

इरानका मेडिकल संस्थाहरू भने त्यहाँ कुमारीत्व परीक्षण विशेष परिस्थितीमामात्रै गर्ने गरेको बताउँछन् । उदाहरणका लागि अदातका केही मुद्दा या बलात्कारको आरोप लागेमा कुमारीत्व परीक्षण हुने गरेको ती संस्थाहरूको भनाइ छ ।

तर, अहिले पनि वैवाहिक बन्धनमा बाँधिन लागेका दम्पतीले कुमारीत्व प्रमाणपत्रको माग गर्ने गरेका छ्न । यस्तो अवस्थामा मानिसहरू निजी क्लिनिकमा गएर परीक्षण गराउने गर्छन् । प्रायःयुवतीहरू आफ्ना आमासँगै क्लिनकमा पुगेका हुन्छन् ।

महिला चिकित्सक या मिडवाफले परीक्षण गरेपछि प्रमाणपत्र जारी हुन्छ । प्रमाणपत्रमा युवतीको पूरा नाम, बाबुको नाम राष्ट्रिय परिचयपत्रसँगै केही तस्विर हुन्छन् । यस्तो प्रमाणपत्रमा हाइमेनको अवस्थासँगै ‘युवती कुमारी छन्÷छैनन्’ बारे लेखिएको हुन्छ ।

अत्यन्तै रूढीवादी परिवारले माग गर्ने प्रमाणपत्र अझ फरक हुन्छ । यस्तो परिवारको सन्दर्भमा कागजातमा दुई साक्षीहरू पनि राखिएको हुन्छ । सामान्यतया त्यसमा साक्षीको रूपमा आमाले हस्ताक्षर गरेकी हुन्छिन् ।

डा.फरीबा कयौं वर्षदेखि यस्तो प्रमाणपत्र जारी गर्दै आइरहेकी छन् । उनको विचरमा यो आपमानजनक प्रथा हो तर आफूले भने महिलाहरूलाई सहयोग गरिरहेको उनको भनाई छ । कतिपय युवतलाई उनीहरूको परिवारको अघि कुमारीत्व भएकोबारे झुठो बोल्दिने गरेको उनी बताउँछिन् । उनले यस्तो धेरै पटक गरेकी छिन् ।

तर अहिले पनि अधिकांश पुरुषको प्राथामिकतामा कुमारी युवती नै पर्छन् । ३४ वर्षिया इलेक्ट्रिसियन अली भन्छन्, ‘यदी कुनै पनि महिलाले विवाहअघि नै शारीरिक सम्पर्क राखिसकेको रहेछ भने उनी विश्वास गर्न लायक हुँदिनन् । त्यस्ता महिला कुनै पनि पुरुषका लागि आफ्ना श्रीमानलाई छोड्न बेर लगाउँदिनन् ।’

कुमारीत्व परीक्षणको विरूद्ध अहिले त्यहाँका मानिसहरू विस्तारै बोल्न थालेका छन् । प्रदर्शनमा एकजुट हुन थालेका छन् । तर, इरानकोे समाज र संस्कृतीमा यो विचार यत्ति धेरै गढेर बसेको छ कि, सरकारले निकट भविष्यमा चाहेर पनि यसमाथि प्रतिबन्ध लगाउने सम्भावना निकै कम देखिन्छ ।

आफू कुमारी नभएको आरोप लगाउँदै अपमान गर्ने श्रीमानसँग रहँदा आत्महत्याको प्रयास गरेकी मरियमको सम्बन्ध विच्छेद भइसकेको छ । यो घटनाले उनलाई दोस्रो पटक कुनै पनि पुरूषलाई विश्वास गर्नु निकै गाह्रो भइसकेको छ । इरानका दशौं हजार महिलासँगै उनी पनि कुमारीत्व प्रमाणपत्रकोविरूद्धमा उभिएकी छिन् । यो अवस्थामा रातारात परिवर्तन होला भन्ने विश्वास छैन उनलाई । तर, एकदिन अवश्य पनि अवस्था बदलिन्छ भन्नेमा आशावादी छिन् ।