अबको निर्वाचनमा उम्मेदवारको मात्र चुनाव चिह्न, चारवटा मतपत्र
काठमाडौं । आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरूको चुनाव चिह्न मात्र मतपत्रमा राखिने भएको छ ।
प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभाको प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक गरी चारवटा अलग–अलग मतपत्र हुने निर्वाचन आयोगले जनाएको छ ।
‘आयोगले यो पटक प्रत्यक्षतर्फको मतपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा उमेदवारी दिएका उम्मेदवारको मात्र निर्वाचन चिह्न समावेश गरेर मत्रपत्र छापाई गर्ने सोच बनाएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने ।
यसअघिको स्थानीय तह निर्वाचनमा उम्मेदवार नभएकाको पनि मतपत्रमा चिन्ह भएका कारण धेरै मत बदर भएको थियो । उम्मेदवार नै नउठेको चिन्हमा समेत मतदान भएको थियो ।
योपटक पनि सत्तारुढ गठबन्धनका नेताहरूले तालमेल गरेरै चुनावमा जाने निर्णय गरिसकेका छन् । आयोगको याे निर्णयले उनीहरूलाई फाइदा हुने देखिन्छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया