अबको निर्वाचनमा उम्मेदवारको मात्र चुनाव चिह्न, चारवटा मतपत्र

काठमाडौं । आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरूको चुनाव चिह्न मात्र मतपत्रमा राखिने भएको छ ।
प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभाको प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक गरी चारवटा अलग–अलग मतपत्र हुने निर्वाचन आयोगले जनाएको छ ।
‘आयोगले यो पटक प्रत्यक्षतर्फको मतपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा उमेदवारी दिएका उम्मेदवारको मात्र निर्वाचन चिह्न समावेश गरेर मत्रपत्र छापाई गर्ने सोच बनाएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने ।
यसअघिको स्थानीय तह निर्वाचनमा उम्मेदवार नभएकाको पनि मतपत्रमा चिन्ह भएका कारण धेरै मत बदर भएको थियो । उम्मेदवार नै नउठेको चिन्हमा समेत मतदान भएको थियो ।
योपटक पनि सत्तारुढ गठबन्धनका नेताहरूले तालमेल गरेरै चुनावमा जाने निर्णय गरिसकेका छन् । आयोगको याे निर्णयले उनीहरूलाई फाइदा हुने देखिन्छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया