अब विवेकशील साझा महिलाले हाँक्ने, अध्यक्षमा बाँस्कोटा चयन

काठमाडौं । विवेकशील साझा पार्टीले नेतृत्व महिलाको हातमा पुगेको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य समीक्षा बाँस्कोटालाई नयाँ अध्यक्ष चयन गरेसँगै नेतृत्वको जिम्मेवारी महिलाको काँधमा आएको हो ।
बाँस्कोटा नेतृत्वमा पुग्ने सम्भवतः पहिलो महिला हुन् । यसअघि साहाना प्रधान ०५६ सालमा तत्कालीन मालेको अध्यक्ष भएकी थिइन् । तर, शक्ति महासचिवलाई दिइएको थियो अध्यक्षलाई थिएन । प्रधान मानार्थ अध्यक्ष थिइन् ।
त्यसैगरी रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य सञ्जीवबल्लभ भट्टराई चयन भएका छन् ।
विवेकशीलकी वागमती प्रदेशकी पूर्वसंयोजक ३८ वर्षीय बाँस्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौ महानगरपालिकाको मेयरको उम्मेदवार थिइन् । त्यसअघि उनले २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यको उमेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन् ।
उनले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन् ।
संयोजक चयन भएका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य भट्टराईले समाजशास्त्र, अर्थशास्त्र र अंग्रेजी भाषामा स्नातक गरेका छन् । ३४ वर्षे भट्टराई तत्कालीन विवेकशील नेपाली दलका निर्वाचित निति सचिव तथा विवेकशील साझाका निति विभाग प्रमुख थिए ।
अध्यक्ष चयन भएकी बाँस्कोटा पूर्वअध्यक्ष मिश्रनिकट हुन् भने भट्टराई पार्टीभित्रै असन्तुष्ट पक्षका हुन् ।
पूर्वसंयोजक मिलन पाण्डेको समूह भने नेतृत्व चयनमा सहभागी भएको थिएन ।
बैठकले आउँदो मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा पार्टी अध्यावधि गर्ने र त्यसका लागि आवश्यक तयारी थाल्ने पनि निर्णय गरेको पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
विवेकशील साझाको अध्यक्षमा बाँस्कोटाको नाम प्रस्ताव, पाण्डेको असहमति
काठमाडौंको मेयरमा विवेकशील साझाले किन रोज्यो कांग्रेस नेताकी छोरी ?
ताजा अपडेट
-
नेपाल एसबिआई बैंकलाई ठगी गरेको आरोपमा व्यवसायी पक्राउ
-
बुहारी भित्राउन विप्लवलाई चटारो: होटलमा इन्गेजमेन्ट, पार्टी कार्यालयमा विवाह, ब्यांक्विटमा पार्टी
-
हेटौंडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
-
रेबिजबारे व्याप्त यी भ्रम जसले मानिसको ज्यान गइरहेको छ
-
‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी
प्रतिक्रिया