अलमुताइरीको सूची खारेज गर्दै हुमागाईँले बोलाए ४० खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षणमा बोलाएका खेलाडीको सूची खारेज गरेका छन् ।
अलमुताइरीले यसअघि छानेका २६ खेलाडीको सूची खारेज गर्दै उनले आइतबार ४० खेलाडी प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका हुमागाईंले बोलाएका खेलाडीमा यसअघि अलमुताइरीले कारबाही गरेका १० मध्ये नौ खेलाडी छन् । जसमध्ये सुमन लामा विदेश गइसकेकाले उनी भने टोलीमा डाकिएका छैनन् ।
यसअघि अलमुताइरीले माग गरेको सूचीमा खेलाडी–प्रशिक्षक विवादमा मुछिएका अञ्जन विष्ट र तेज तामाङको मात्र नाम समावेश छ । अलमुताइरी बिरामी विदामा रहेको भन्दै एन्फाले हुमागाईँलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको हो ।
हेरौं खेलाडीको सूची :
Goalkeepers: Kiran Chemjong, Bikesh Kuthu, Deep Karki, Bishal Shrestha
Defenders: Ananta Tamang, Rohit Chand, Bikash Tamang, Devendra Tamang, Dinesh Rajbanshi, Bikash Khawas, Gautam Shrestha, Chiring Gurung, Suman Aryal, Rajin Dhimal, Nishan Khadka, Amit Tamang
Midfielders: Sanjog Rai, Pujan Uperkoti, Rajan Gurung, Tej Tamang, Arik Bista, Sesehang Angdembe, Sudip Gurung, Bishal Rai, Manish Dangi, Suraj Jeu Thakuri, Subash Gurung, Avash Lamichhane, Sunil Bal, Ayush Ghalan, Sujal Shrestha, Anjan Bista
Forward: Bimal Gharti Magar, Nawayug Shrestha, Ashish Chaudhary, Ritik Khadka, George Prince Karki, Ashish Chapagain, Abhishek Rijal, Bharat Khawas
ताजा अपडेट
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बढ्याे
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
-
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
-
नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
प्रतिक्रिया