कांग्रेसको भ्रातृ संस्थाले माग्यो राष्ट्रपतिको राजीनामा, नभए महाअभियोग लगाउन माग
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको भन्दै तरूण दलले राजीनामा दिन नभए महाअभियोग लगाएर हटाउन माग गरेको छ । अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले प्रतिशोध साँधेर नागरिकता विधेयक फिर्ता गरेको आरोप लगाउँदै दलले यस्ताे माग गरेकाे हाे ।
नागरिकलाई संविधानले दिएको अधिकार कुण्ठित गर्ने काम गरिमामय पदमा बस्ने राष्ट्रपतिलाई नसुहाउने भन्दै दलले राजीनामा दिन नभए महाअभियोग लगाउन माग गरेको हो ।
‘राष्ट्रको गम्भीर र जनताको जीवनसँग जोडिएको विषयमा खेलवाड गर्ने, बेवास्ता गर्ने र सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनी राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्युत समेत गर्न सार्वभौम संसद र नेपाल सरकारसँग नेपाल तरुण दल केन्द्रीय समिति जोडदार आग्रह गर्दछ ।’ दलको विज्ञप्तिमा भनिएको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया