सेयर बजारमा हरियाली, ५५ अंकले बढ्यो नेप्से

काठमाडाैं । लगातार घटिरहेको सेयर बजार साताको दोस्रो दिन सोमबार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार नेप्से ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.२३ अङ्कले उकालो लागेर तीन सय ९८ दशमलब १३ मा पुगेको छ । सोमबार नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ ।
कूल २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर खरिदबिक्री हुँदा कुल २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रूपैयाँको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य बढेको छ छ । जसमध्ये सबैभन्दा बढी वित्तको ७.३८ अंकले बढेको छ । त्यस्तै अन्य उपसमूहरूमा
बैंकिङ १.२४, व्यापार ४.३८, होटल तथा पर्यटन ३.११, विकास बैंक ५.३२, जलविद्युत् ४.४३, निर्जीवन बीमा ३.१६, उत्पादन ०.४७, अन्य ५.९, लघुवित्त २.९८, जीवन बीमा १.५३, सामूहिक लगानी कोष ०.६३ र लगानी २.८१ अंकले उकालो लागेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा शिभम् शीर्ष स्थानमा छ । उक्त कम्पनीको २१ करोड २ लाख ५२ हजार ३६७ रूपैयाँ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स १२ करोड ५५ लाख ५५ हजार ११३, हिमालायण डिष्टिलरी ९ करोड ४१ लाख ४८ हजार, नेपाल टेलिकम ६ करोड ८५ लाख ७८ हजार र अरूण भ्याली हाइड्रोपावर ६ करोड १४ लाख ४२ हजार कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।
नेप्सेका अनुसार सोमबार मल्टीपर्पोज फाइनान्स राधी विद्युत कम्पनी र श्री इन्भेष्टमेन्टको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीहरूका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै रिभर फल्स ९.९९, पञ्चकन्या मे हाइड्रोपावरका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाएका छन् ।
सोमबार रिदी पावर कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै गुराँस लघुवित्त २.७, शिभम् सिमेन्ट २.१२, एनआइसी एशिया डिवेन्चर १.६ र एसबिएल डिवेन्चरका लगानीकर्ताले १.२ प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया