हरितालिका तीजको अवसरमा सानिमा बैंकको ‘कोसेली’
काठमाडाैं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, युएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने बैंकले जनाएको छ । साथै, लकर शुल्कमा ७५५ छुट प्राप्त गर्न सक्नेछन् ।
यसैगरी पहिलो पिओएस कारोबारमा १०५ वा अधिकतम ५०० रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुनेछ । साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुनेछ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम सञ्चालनमा रहेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया