भारतबाट तेस्रो पटक घटेर आयो इन्धनको मूल्य, के निगमले मूल्य घटाउला ?
काठमाडाैं । भारतबाट तेस्रोपटक पुनः इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले मंगलबार पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको हो ।
भारतबाट तीन पटक मूल्य घटेर आएपनि निगम घाटामा रहेको भन्दै आयल निगमले भने इन्धनको मूल्य घटाएको छैन । यसपटक पनि इन्धनको मूल्य घटाउने छाँटकाँट भने निगमको देखिँदैन ।
यस अघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यस्तै साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया