NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

भारतबाट तेस्रो पटक घटेर आयो इन्धनको मूल्य, के निगमले मूल्य घटाउला ?

काठमाडाैं । भारतबाट तेस्रोपटक पुनः इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले मंगलबार पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको हो ।

भारतबाट तीन पटक मूल्य घटेर आएपनि निगम घाटामा रहेको भन्दै आयल निगमले भने इन्धनको मूल्य घटाएको छैन । यसपटक पनि इन्धनको मूल्य घटाउने छाँटकाँट भने निगमको देखिँदैन ।

यस अघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यस्तै साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।