निर्वाचनमा सहभागी हुन ८४ वटा दल दर्ता
काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन ८४ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । मंगलबार साँझ ५ बजेसम्म दर्ता भएका राजनीतिक दलको संख्या ७६ पुगेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आयोगमा साउन २० गतेसम्म ११६ राजनीतिक दल दर्ता भएका थिए । यद्यपि, निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ८४ राजनीतिक दल मात्रै दर्ता भएका छन् ।
मंगलबार सरकारको नेतृत्व गरिहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतका दल दर्ता भएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया