सरिना विलियम्सलाई युएस ओपनअगाडि झट्का
काठमाडौं । यसै महिना हुन लागेको युएस ओपन खेलअघि अमेरिकी टेनिस स्टार सरिना विलियम्सलाई ठूलो धक्का लागेको छ ।
अमेरिकामा भएको सिनसिनाटी ओपन खेलमा उनी बेलायतकी १९ वर्षीया एम्मा रादुकानुसँग पहिलो राउण्डमै बाहिरिइन् ।
२३ पटकका ग्राण्डस्लाम विजेता विलियम्स सिधा सेटमा ६–४, ६–० ले पराजित भएकी हुन् ।
पराजयपछि सरिना सञ्चारकर्मीसँग कुरा नगरी चुपचाप कोर्टबाट बाहिरिएकी थिइन् ।
गत हप्ता भोग म्यागजिनका लागि लेखिएको लेखमा ४० वर्षीया सरिना विलियम्सले अब आफू अन्य महत्त्वपूर्ण कुराहरूमा लागिरहेको बताएकी थिइन् । यसपछि उनले इन्स्टाग्राम पोस्टमा काउन्टडाउन सुरु भएको उल्लेख गरेकी थिइन् ।
जसका कारण सेरेना विलियम्सले युएस ओपनपछि सन्यासको घोषणा गर्न सक्ने अनुमान थप तीव्र भएको छ । युएस ओपन यही महिनाको २८ गतेबाट सुरु हुँदैछ ।
लामो समयको चोटपछि सरिना विलियम्स यस वर्ष जुनमा विम्बल्डन खेलबाट सिंगल्समा फर्किएकी थिइन् । उनले युएस ओपन खेल्ने बताएकी छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया