भारतीय सैनिकको शव ३८ वर्षपछि फेला
नयाँ दिल्ली । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ ।
भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।
सेनाले भन्यो कि शेखरलाई सन् १९८४ मा अपरेशन लागि तैनाथ गरिएको थियो । भारत र पाकिस्तानले सियाचेन ग्लेशियरमा नियन्त्रण कायम गर्नको लागि छोटो युद्ध लडेका थिए । यो विश्वको सबैभन्दा अग्लो रणभूमिको रूपमा प्रतिष्ठित थियो ।
लद्दाखको हिमाली क्षेत्रमा अवस्थित यस क्षेत्रमा लामो समयदेखि आणविक हतियार भएका छिमेकीहरूबीच प्रतिस्पर्धा हुँदै आएको छ । स्थानीय सञ्चारमाध्यमले शेखर २० सदस्यीय समूहको सदस्य रहेको बताएको छ ।
गस्तीको क्रममा हिउँको आँधीमा फसेको जनाइएको छ । उनको अन्तिम संस्कार अब उनको परिवार बस्ने उत्तरखण्ड राज्यमा पूर्ण सेना सम्मानका साथ हुने बताइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया