भारतमा फेरि बढ्यो कोरोना, २४ घण्टामा गयो ३६ को ज्यान
काठमाडौं । देशमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६२ नयाँ कोरोना संक्रमित थपिएका छन् । जुन अघिल्लो दिनको तुलनामा २४९ ले बढी हो ।
त्यसैगरी, थप ३६ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।
भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०५,०५८ पुगेको छ । महामारी सुरु भएदेखि हालसम्म भारतमा ५ लाख २७ हजार १३४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
यसैबीच, दिल्लीका अस्पतालमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । संक्रमित बढेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि उकालो लागेको छ ।
पछिल्लो २४ घण्टामा दिल्लीमा ९१७ नयाँ कोरोना संक्रमित भेटिएका छन् भने तीन जनाको मृत्यु भएको छ ।
अधिकारीहरूले कोरोना संक्रमण फैलन सक्ने चेतावनी दिँदै महामारी समाप्त भएको नसोच्न आग्रह गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया