मुख्यमन्त्री केजरीवालले सुरु गरेको ‘भारतलाई पहिलो बनाऔँ’ अभियान के हो ?
नयाँ दिल्ली । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘भारतलाई पहिलो बनाऔँ’ अभियानको घोषणा गरेका छन् ।
आम आदमी पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका केजरीवालको यो अभियान राष्ट्रव्यापी हुने बताइएको छ ।
“भारतलाई विकास गरेर फेरि पनि विश्वकै सबैभन्दा अगाडि लैजान चाहन्छौँ, त्यो काम हामीले नै गर्ने हो,” बुधबार उनले भने ?
भारतलाई विश्वकै सबैभन्दा अग्रस्थानमा रहेको मुलुक बनाउनका लागि सबै भारतीय नागरिकले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
अभियान घोषणा समारोहमा उनले भने, “यो सबैको जिम्मेवारी र चाहना हो, त्यसैले यो अभियान पनि सबैको साझा अभियान हो, सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौँ ।”
धेरै वर्षअगाडि भारत विश्वमै सबैभन्दा अग्रस्थानमा रहेको चर्चा गदै उनले फेरि अग्रपंक्तिमा लैजानका लागि यस अभियानमा सबै नागरिक जोडिनु पर्नेमा जोड दिए ।
यसअघि उनले गत मङ्गलबार देशभरीका सबै बालबालिकाहरूले गुणस्तरीय शिक्षा निःशुल्क पाउनु पर्ने बताएका थिए ।
देशलाई अग्रपंक्तिमा लैजानका लागि हरेक नागरिकले युद्धस्तरमा काम गर्नुपर्नेमा उहाँले पटक पटक जोड दिए ।
“मसँग एउटा मात्रै सपना छ, भारतलाई विश्वकै सबैभन्दा शक्तिशाली र सबैभन्दा बढी विकसित मुलुक भएको देख्न पाइयोस्,” उनले भने ।
भारत विश्वकै सबैभन्दा बढी धनी भएको आफूहरूले हेर्न चाहेको मुख्य मन्त्री केजरीवालको भनाइ छ । त्यसका लागि सबै भारतीय नागरिक धनी हुनुपर्ने उनले बताए ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया