धरानका मेयरका सयदिने उपलब्धि : श्रम संस्कृतिको क्रान्ति, खानेपानीको मुहान थप
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्कराज राईले निर्वाचित भएयता गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् । मेयरमा निर्वाचित भएको सय दिनको अवसरमा मेयर राईले आफूले गरेका मुख्य कामको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
उनले आफूले सम्पादन गरेको सय दिनको मुख्य कामलाई १३ बुँदामा समेटेका छन् । आफ्नो पहिलो र उल्लेखनीय उपलब्धिका रूपमा उनले श्रम संस्कृतिको सुरुवातलाई राखेका छन् । मेयर राईले पछिल्लो समय जनश्रमदानमार्फत खानेपानी आयोजना निर्माण, वृक्षरोपणलगायत कार्य अघि बढाइरहेका छन् । यसलाई उनले नेपालमा श्रम संस्कृतिको क्रान्ति भनेका छन् ।
चार ठाउँबाट खानेपानीको मुहान थप गरेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको, ६ लाख बिरुवा रोपेको, सरसफाइमा देखिने गरी सुधार गरेको दाबी पनि मेयर राईले गरेका छन् ।
लागू औषधविरुद्धको अभियान थालेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको, हिसाबकिताब पारदर्शी ढंगले सार्वजनिक गरेको शिक्षा, स्वास्थ्य संस्थाहरूमा सुधार गरेको विषय पनि उनले आफ्नो उपलब्धिको बुँदामा समेटेका छन् ।
यस्ता छन् राईले मेयरका रूपमा एक सय दिनमा गरेका काम
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेँ !
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया