नेकपा एसका चार पूर्वमन्त्री एमालेसँग संवादमा
काठमाडौं । मन्त्रीबाट अपमानजनक तरिकाले हटाइएको भन्दै एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री, स्थायी कमिटी सदस्य विरोध खतिवडा, पोलिटब्युरो सदस्य प्रेम आले र केन्दीय सदस्य किसान श्रेष्ठ पार्टी नेतृत्वसँग असन्तुष्ट छन् । चारै जना पार्टीको नियमित काममा फर्केका छैनन् ।
झाँक्रीले त सार्वजनिक रूपमै पार्टी अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्टि पोखेकी छन् । खतिवडा, आले र श्रेष्ठ प्रत्यक्षतर्फका तथा झाँक्री समानुपातिक सांसद हुन् ।
कान्तिपुर दैनिकका अनुसार, उनीहरू एमाले नेताहरूसँग पनि नियमित संवादमा छन् । सोही कारण उनीहरू अहिलेकै पार्टीबाट चुनाव लड्छन् कि अन्य पार्टीबाट भन्ने चर्चा एकीकृत समाजवादीभित्र चलिरहेको छ ।
तनहुँ १ का सांसद किसान श्रेष्ठ पार्टी नेतृत्वसँगको तिक्तता सकिएकाले एकीकृत समाजवादीबाट चुनाव लड्ने बताउँछन् । ‘योबीचमा तिक्तताजस्तो थियो । अब मिलाइसकियो,’ उनले भने, ‘हामी चारै जनाले पार्टी छाड्ने वा कतै जाने कल्पना पनि गरेका छैनौं । तर डिलमा पुर्याएर लात्ताले हिर्काए भने विकल्प त सबैले खोज्छन् नि ।’
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया