पूर्वमहान्यायाधिवक्ता नै भन्छन्, ‘रेशम चौधरी निर्दोष छन्’
काठमाडौं । नेपाल सरकारका पूर्वन्यायाधिवक्ता डा. युवराज संग्रौलाले टीकापुर घटनाका मुख्य अभियुक्त ठहर भएका रेशम चौधरी निर्दोष रहेको बताएका छन् ।
नेपाल समय अनलाइनले लेखेको समाचार ‘रेशम रिहाइको बार्गेनिङ : आरजु जहाँ लड्छिन् त्यहीँ रञ्जिता श्रेष्ठको उम्मेदवारी’ शीर्षकको समाचारमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।
कुनै केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालिसकेका संग्रौलाले चौधरी देशभक्त भएको दाबी गर्दै उनी बिक्षिप्त राजनीतिको शिकार भएको ठोकुवा गरेका छन् ।
‘रेशम चौधरी निर्दोष मनिस हो भन्ने कागजबाट देखिएको रहेछ । उनी बिक्षिप्त राजनीतिका शिकार बनाइएका छन् । अब बौद्धिक समाजले बोल्ने बेला आयो । रेशम देशभक्त रहेछन् । उनले देशभक्त रहेर देशको सेवा गर्नु पर्छ,’ उनले लेखेका छन् ।
०७२ मा टीकापुरमा जगन्य अपराध भएकाे थियो । सो घटनाका प्रमुख दोषी ठहर भएपछि अहिले चौधरी जेलजीवन बिताइरहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया