पूर्वमहान्यायाधिवक्ता नै भन्छन्, ‘रेशम चौधरी निर्दोष छन्’
काठमाडौं । नेपाल सरकारका पूर्वन्यायाधिवक्ता डा. युवराज संग्रौलाले टीकापुर घटनाका मुख्य अभियुक्त ठहर भएका रेशम चौधरी निर्दोष रहेको बताएका छन् ।
नेपाल समय अनलाइनले लेखेको समाचार ‘रेशम रिहाइको बार्गेनिङ : आरजु जहाँ लड्छिन् त्यहीँ रञ्जिता श्रेष्ठको उम्मेदवारी’ शीर्षकको समाचारमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।
कुनै केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालिसकेका संग्रौलाले चौधरी देशभक्त भएको दाबी गर्दै उनी बिक्षिप्त राजनीतिको शिकार भएको ठोकुवा गरेका छन् ।
‘रेशम चौधरी निर्दोष मनिस हो भन्ने कागजबाट देखिएको रहेछ । उनी बिक्षिप्त राजनीतिका शिकार बनाइएका छन् । अब बौद्धिक समाजले बोल्ने बेला आयो । रेशम देशभक्त रहेछन् । उनले देशभक्त रहेर देशको सेवा गर्नु पर्छ,’ उनले लेखेका छन् ।
०७२ मा टीकापुरमा जगन्य अपराध भएकाे थियो । सो घटनाका प्रमुख दोषी ठहर भएपछि अहिले चौधरी जेलजीवन बिताइरहेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया