NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नेपालीले एक वर्षमा १ अर्ब १३ करोडको स्याम्पुले नुहाए

कुन देशबाट कति आयो स्याम्पु ?

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७८/७९ अर्थात यस वर्षमा कुल १ अर्ब १२ करोड ७४ लाख ५३ हजार रुपैयाँको स्याम्पु आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार विभिन्न देशबाट सो मूल्यबराबरको विभिन्न ब्राण्डको विदेशी स्याम्पु आयात भएको हो । सो रकम बराबरको स्याम्पु आयात गर्दा सरकारले ४९ करोड ४ लाख ४९ हजार रूपैयाँ राजश्व उठाएको छ ।

नेपालमा अस्ट्रेलिया, बहराइन, बंगलादेश, चीन, भारत, फ्रान्स, मेक्सिकोलगायतका ३९ देशबाट स्याम्पु आयात भएको छ । तथ्यांकअनसार १२ महिनामा सबैभन्दा धेरै भारतबाट ८१ करोड ३ लाख ४८ हजार रुपैयाँ बराबर मूल्यबराबरको ४९ लाख ५६ हजार २०९ लिटर स्याम्पु आयात भएको छ । उक्त मूल्य बराबरको अयात हुँदा सरकारले ३५ करोड ८ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

धेरै स्याम्पु आयात हुने दोस्रो मुलुक थाइल्याण्डबाट १४ करोड ८८ लाख २७ हजार रुपैयाँको आयात भएको विभागको तथ्यांक छ । उक्त मूल्यबराबरको स्याम्पु आयातमा सरकारले ६ करोड ३३ लाख ८७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

नेपालमा धेरै स्याम्पु आयात हुनेमा थाइल्याण्डपछि चीन रहको छ । उक्त देशबाट एक वर्षमा नेपालले ७ करोड १९ लाख ४० हजार रुपैयाँ खर्चिएको पाइएको छ । जसबापत सरकारले ३ करोड ३६ लाख ३९ हजार रुपैयाँ राजश्व संकलन गरेको भन्सार विभागको तथ्यांले देखाएको छ ।

अस्ट्रेलियाबाट ४ लाख ३ हजार रुपैयाँ, बराइनबाट ३८ हजार, बंगलादेशबाट २ करोड २४ लाख ६१ हजार रुपैयाँ बराबरको स्याम्पु आयात भएको छ । यसैगरी बेल्जियमबाट ७१ हजार रुपैयाँ, बेलिजबाट १ लाख ७४ हजार रुपैयाँ, ब्राजिलबाट १७ लाख ८ हजार रुपैयाँको स्याम्पु नेपाल भित्रिएको छ ।

बुल्गेरियाबाट ८ हजार, क्यानडाबाट १ लाख ६० हजार, एस्टोनियाबाट ५ हजार र फ्रान्सबाट २ लाख ५१ हजार रुपैयाँको स्याम्पु आयात भएको छ । जर्मनीबाट नेपालले ३ हजार ९२ लिटर स्याम्पु ३४ लाख ९ हजार रुपैयाँमा आयात गरेको छ । यसको लागि सरकारले १४ लाख ४५ हजार रुपैयाँ कर उठाएको छ । हङकङबाट १३ लिटर स्याम्पु आयात नेपाल भित्रिएको छ । जसका लागि १६ हजार रुपैयाँ नेपालले खर्च गरेको छ । यसबापत सरकारले ७ हजार रुपैयाँ कर संकलन गरेको विवरणmे देखाएको छ ।

नेपालले इन्डोनेसियाबाट २ हजार ४२ लिटर स्याम्पु आयात गर्दा उक्त बमोजिम ५ लाख ६४ हजार रुपैयाँ नेपालले आयातमा खर्च गरेको छ । जसमा २ लाख ९६ हजार रुपैयाँ सरकारले कर उठाएको विभागले जनाएको छ ।

इजरायलबाट सरकारले २४ लिटर स्याम्पु आयात गरेको छ । उक्त आयातमा ३१ हजार रुपैयाँ सरकारको खर्च भएको छ । जसमा १५ हजार रुपैयाँ राजश्व संकलन सरकारले गरेको छ । त्यस्तै गएको आवमा सरकाले इटालीबाट २४ लाख ९२ हजार रुपैयाँ बराबरको स्याम्पु आयात गरेको छ भने सो आयातमा १० लाख ६४ हजार रुपैयाँ कर संकलन गरेको छ । जापनबाट १ लाख २२ हजार रुपैयाँको स्याम्पु आयात हुँदा त्यसमा सरकारले ५२ हजार रुपैयाँ राजश्व उठाएको विभागको विवरणमा उल्लेख छ ।

कोरियाबाट ५० लाख ६५ हजार रुपैयाँको स्याम्पु आयातमा २१ लाख ६६ हजार रुपैयाँको राजश्व संकलन सरकारले गरेको छ । त्यसै गरी कुवेतबाट १० लाख ६२ हजार रुपैयाँको आयात हुँदा ४ लाख ६७ हजार रुपैयाँ कर सरकारले उठाएको छ । मलेसियाबाट १५ लाख ८३ हजारको स्याम्पु आयात भएको छ । उक्त बापत सरकारले ७ लाख ७ हजार रुपैयाँ बराबरको राजश्व उठाएको छ ।

त्यस्तै नेपालले मेक्सिकोबाट १३ हजार, ओमनबाट ६४ हजार र फिलिपिन्सबाट ११ लाख १७ हजार रुपैयाँको स्याम्पु नेपाल आयात भएको विभागको तथ्यांक छ । १२ महिनाको तथ्यांकअनुसार पोल्याण्डबाट १८ लाख ३७ हजार, कतारबाट १८ लाख ३७ हजार, रुसी संघबाट ४५ लाख २९ हजार, साउदी अरेबियाबाट३४ हजार, स्पेनबाट २ लाख ५७ हजार, स्वीजरल्याण्डबाट ५१ हजार रुपैयाँ बराबरको स्याम्पु आयात भएको छ ।

त्यस्तै ताइवानबाट २२ हजार रुपैयाँको स्याम्पु आयात भएको छ । त्यसबाट ९ हजार रुपैयाँ राजस्व सरकारले उठाएको जनाएको छ ।
विभागको तथ्यांकअनुसार टर्कीबाट २४ लाख २४ हजार, युनाइटेड अरब इमिरेट्सबाट २ करोड ७८ लाख २७ हजार, बेलायतबाट ७ लाख ५५ हजार, अमेरिकाबाट ५२ लाख ३९ हजार र भियतनामबाट २६ लाख ७८ हजार रूपैयाँको स्याम्पु आयात भएको पाइएको छ ।