नागरिकता विधेयक : सर्वसम्मत पारित गर्न एमालेले नमानेपछि मत विभाजन हुँदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनः संसद्मा फिर्ता भएको नागरिकता विधेयक गृहमन्त्री बालकृष्ण खाणले पारितका लागि प्रस्ताव गरेका छन् ।
तर, प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मतदान माग गर्यो । यसपछि अब मतदान प्रक्रिया सुरु भएको छ । अहिले सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन गरिहेका छन् ।
दिनभर छलफल भएको उक्त विधेयक बिहीबार नै पारित गर्ने सरकारको तयारी छ । तर प्रमुख प्रतिपक्षी दल एमालेले पारित गर्ने क्रममा ध्वनि मत नमान्ने भएपछि मतदान विभाजन हुन लागेको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमाले मत विभाजनमा गएर मतदान गर्ने पक्षमा उभिन्छ ।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया