नागरिकता विधेयक : सर्वसम्मत पारित गर्न एमालेले नमानेपछि मत विभाजन हुँदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनः संसद्मा फिर्ता भएको नागरिकता विधेयक गृहमन्त्री बालकृष्ण खाणले पारितका लागि प्रस्ताव गरेका छन् ।
तर, प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मतदान माग गर्यो । यसपछि अब मतदान प्रक्रिया सुरु भएको छ । अहिले सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन गरिहेका छन् ।
दिनभर छलफल भएको उक्त विधेयक बिहीबार नै पारित गर्ने सरकारको तयारी छ । तर प्रमुख प्रतिपक्षी दल एमालेले पारित गर्ने क्रममा ध्वनि मत नमान्ने भएपछि मतदान विभाजन हुन लागेको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमाले मत विभाजनमा गएर मतदान गर्ने पक्षमा उभिन्छ ।’
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया