सत्तापक्षकै सांसदले गरिन् नागरिकता विधेयककाे विपक्षमा मतदान
काठमाडौं । सत्ता पक्षकै सांसदले नागरिकता विधेयकको विपक्षमा मतदान गरेकी छिन् ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विधेयकको विपक्षमा मतदान गरेकी हुन् ।
विधेयक पारित गर्ने दिन संसद्मा १९५ जना सांसद उपस्थित भएकोमा पक्षमा १३५ र विपक्षमा ६० मत विपक्षमा परेको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन गर्दा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद र पौडेल विपक्षमा उभिएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली भने मतदानमा उनुपस्थित थिए ।
सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपालगायत दलले विधेयकको पक्षमा मत दिएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया