NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

काठमाडौंको फोहर नउठेसम्म प्रहार गरिरहन्छु : हर्क साम्पाङ

काठमाडौं । धरान उपमहागरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको दुर्गन्धित फोहर नउठेसम्म निरन्तर प्रहार गरिरहने बताएका छन् । काठमाडौं आएर धरान पुगेपछि सामाजिक संजालमा आक्रोश व्यक्त गरिरहेका उनले आफ्नो विरोध गर्न होइन फोहर उठाएपछि आफूसँग सवाल गर्न आउन आग्रह गरेका हुन् ।

‘फोहर बारेमा बोल्न म फेसबुक लाइभमा आएको छु । काठमाडौं गइयो । हरिबिजोग छ । फोहरसम्म उठाउन नसक्ने साथीहलाई काम गर भनेको हो तर धरानमा पनि फोहोरको समस्या छ भनेर गीत गाउँदैछन् । धरानको सहरमा फोहर छैन । सडकमा फाले जरिवाना गराउँछौं । ल्याण्डफिल साइट त फोहर फाल्ने ठाउँ नै हो’ उनले भनेका फेसबुक लाइभमा भनेका छन्, ‘सत्यलाई स्वीकार्न नसक्ने भएको छ काठमाडौंमा गएर केही कुरा भनेपछि मैंले स्टेसस लेखेपछि युवा संघले भोलिपल्ट फोहर उठाउन थाल्यो । गन्हाएर बसेका थिए । ल है साथीहरु काम गरे भनेपछि ए भनेर फोहर उठाउन थाले ।’

कुनै व्यक्ति विशेषलाई नभई सबै सरोकारवालाहरूलाई फोहर उठाउन आग्रह गरेको उनले बताएका छन् ।

‘काठमाडौंको फोहर सोरेपछि बोल्नुहोला । फोहर सोर्नु नगरपालिकाको मात्रै काम होइन । मन्त्रीले पनि हेर्नुपर्छ । मैंले त गर है भनेको अर्कै बुझेछन् । सत्य कुरा स्वकार्नुपर्छ । धरानको कुन गल्लीमा फोहोर छ । पाँच मिनेटमा उठाउछु । जंगलको ल्याण्डफिल साइटमा फोहर नभएर कहाँ हुन्छ त ?’ उनले भनेका छन्, ‘जाबो बाटोको फोहर सोर्न नसक्नेले, राजधानी सहर गन्हाउने बनाउनेले ठूलो कुरा गरेर हुन्छ ? जबसम्म फोहर उठ्दैन तबसम्म प्रहार भइरहन्छ । यो सबैको सहर हो । यस्तै फोहोर हुने हो भने को टुरिस्ट आउँछन् काठमाडौंमा ?’

आफूले व्यक्ति विशेष गाली नगर्ने पनि उनले प्रष्ट्याएका छन् ।

‘कुनै दल र व्यक्तिलाई केही भन्नु छैन । फोहरमा फोहोरी राजनीति नगर्नुहोला । काम गरौ न काम गरौं । फोहर सोरै । सरसफाइन गरौ न’ उनले भनेका छन्, ‘फेसबुकमा मुख बजाउने साथीहरु फोहर सफा गर्न जानुस् । काम गर्नुछैन हावामा कराएर बस्यो । रचनात्मक बन्नुस् ।’

धरानको उदाहरण सिक्न सहरी विकास मन्त्री मेटमणि चौधरी नै आएको पनि उनले बताए ।

‘फोहरलाई फोहर भन्नुस् । धरानले कसरी काम गरेको छ हेर्नुस् । सहरी विकासमन्त्री मेटमणि चौधरीसमेत धरान आए सिक्नलाई । फोहरबाट ग्यास निकाल्दै छौं, मल बनाउँदै छौं । इगो हट हुने ? नहुने कुरा नगर्नुस’ उनले भनेका छन्, ‘मेरो लाइभ मेरा विरोधीहरूलाई विरोधले केही ख्यास्दैन । म आफ्नै वेमा हिड्ने मान्छे हो । मेरो विरोधले तपाईंले पोल्ने रहेछ । जुन दिनसम्म काठमाडौंको फोहर उठ्दैन धरानले मात्रै होइन चारै तिरबाट प्रहार गर्नु गर्नुस् । काम न काजकाहरू ।’

एक फरक प्रसंगमा उनले युटुयुवहरूलाई काठमाडौंका मेयर बालेनलाई भेट्न् हुनै आवश्यकता नभएको बताए । आफूले अहिलेसम्म एउटा म्यासेज पनि नलेखेको उनले बताएका छन् । बालेन शाहले संघर्ष नगरेको, हावामा र्याप गाएर आएको उनले बताए । स्वतन्त्रबाट जितेको भन्दै आफूहरूलाई नजोड्न उनले आग्रह गरेका हुन् । काम गरेर देखाउन उनले बालेनलाई उल्टै आग्रह गरेका छन् ।