सन्दीपले ‘द सिक्स्टी’ गुमाउने
काठमाडौं । सन्दीप लामिछानेले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिताको पहिलो संस्करण गुमाउने भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीपले वेस्ट इन्डिज क्रिकेट बोर्डको आयोजनामा यसै महिनामा हुन लागेको द सिक्स्टी गुमाउने भएका हुन् ।
अगस्ट २५ बाट सुरु हुने उक्त प्रतियोगितामा सन्दीप जमैका तालाबाजमा आबद्ध थिए ।
यसै समयमा नेपालले केन्याविरुद्ध सिरिज खेल्ने तय भएका कारण सन्दीपको द सिक्स्टी गुमाउने निश्चित भएको हो ।
पाँच खेलको टि–ट्वान्टी तथा तीन खेलको एकदिवसीय सिरिजका लागि नेपाली टोलीले केन्या भ्रमण गर्दैछ ।
प्रतिक्रिया