कुमारी बैंकबाट आइपिओ भर्दा पैसा नलाग्ने
काठमाडौं । कुमारी बैंकको सम्पूर्ण खाताहरुमा सीआश्वा आवेदन शुल्क नलाग्ने भएको छ । बैंकले भदौ १ गतेदेखि बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क नलाग्ने जनाएको छ ।
यसभन्दा अघि बैंकले सीआश्वा आवेदन शुल्क २० रूपैयाँ लिँदै आएको थियो । ग्राहकहरुको पुंजीबजारमा बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंकले उक्त छुट ल्याएको बैंकले जनाएको छ । यसले नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत बैंकका सम्पूर्ण ग्राहकहरुलाई विशेष लाभ प्राप्त हुने विश्वास बैंकले व्यक्त गरेको छ ।
बैंकले १९७ शाखा–संजाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिंग इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया