NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

अन्तत: रहेनन् कांग्रेस नेता गिरी

काठमाडौं । नेपाली कांग्रेका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदिप गिरीको मृत्यु भएको छ ।

अस्पताल स्रोतका अनुसार उनले शनिबार राति ९ः३० मा देह त्याग गरेका हुन् ।

विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

भारतबाट उपचार गराएर फर्किएका गिरीलाई निमोनिया भएपछि स्वास्थ्य अवस्था झन् जटिल भएको थियो ।

क्यान्सरले थलिएका गिरीको निमोनिया बढेकाकारण शरीरका अन्य अंगले पनि काम गर्न छोडेका थिए ।

उनको पार्थिव शरीरलाई भोलि विहान ९ बजेदेखि ११ बजेसम्म अस्पतालको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिनेछ । त्यस्तै, नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा विहान ११ः३० दखि ३ः३० सम्म श्रद्धाञ्जलीका राखिने जनाइएको छ ।

पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्र प्रदिप गिरीको जन्म विसं २००४ मा सिरहाको बस्तीपुरमा भएको हो । उनी पछिल्लो आम निर्वाचनमा प्रतिनिधिसभाका लागि सिरहाको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

समाजवादी चिन्तक नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक थिए । नेता गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय भएका हुन् ।

हाल प्रतिनिधिसभा सदस्य रहेका उनी २०२४ सालमा बनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित भएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष