गिरीलाई श्रद्धाञ्जली दिने समय आइतबार ९ देखि दुई बजेसम्म
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति कांग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गरेको छ ।
नेपाली कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक शोक विज्ञप्ति प्रकाशित गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
सचेतक विश्वकर्माले स्वर्गीय गिरीको अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा पार्थिव शरीर राखिने जानकारी दिएका छन् ।
पार्टी संसदीय दलका अनुसार बिहान ११ः०० बजेदेखि दिउँसो ०२ः०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपा ललितपुरमा पार्थिव शरीरलाई श्रद्धाञ्जलीका राखिने र त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने छ ।
क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो ।

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया