NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

केनले तोडे अग्वेरोको कीर्तिमान

काठमाडौं । इंग्लिस राष्ट्रिय टोलीका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिग फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् ।

टोटनहम हटस्पेयरका स्ट्राइकर केनले एकै क्लबबाट सर्वाधिक धेरै प्रिमियर लिग गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

प्रिमियर लिगअन्तर्गत शनिबार राति उल्भ्सविरुद्धको जितमा निर्णायक एक गोल गरका केनले म्यानचेस्टर सिटीका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अग्वेरोको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

उल्भ्सविरुद्धको गोल प्रिमियर लिगमा टोटनहमका लागि केनले गरेको १८५ औं गोल हो । यसअघि अग्वेरोका नाममा १८४ गोल रहेको थियो ।

यससँगै केनले करियरको २५० औं गोलसमेत पूरा गरेका छन् ।

यसैगरी, प्रिमियर लिगमा एउटै क्लबमा सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा इंग्ल्याण्डकै पूर्वकप्तानसमेत रहेका म्यानचेस्टर युनाइटेडका स्ट्राइकर वाइन रुनी छन् । उनले १८३ गोल गरेका छन् ।

 

 

विश्वकप तयारीका लागि अर्जेन्टिनाले बल्ल पायो प्रतिद्धन्द्धी