केनले तोडे अग्वेरोको कीर्तिमान
काठमाडौं । इंग्लिस राष्ट्रिय टोलीका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिग फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् ।
टोटनहम हटस्पेयरका स्ट्राइकर केनले एकै क्लबबाट सर्वाधिक धेरै प्रिमियर लिग गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
प्रिमियर लिगअन्तर्गत शनिबार राति उल्भ्सविरुद्धको जितमा निर्णायक एक गोल गरका केनले म्यानचेस्टर सिटीका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अग्वेरोको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।
उल्भ्सविरुद्धको गोल प्रिमियर लिगमा टोटनहमका लागि केनले गरेको १८५ औं गोल हो । यसअघि अग्वेरोका नाममा १८४ गोल रहेको थियो ।
यससँगै केनले करियरको २५० औं गोलसमेत पूरा गरेका छन् ।
यसैगरी, प्रिमियर लिगमा एउटै क्लबमा सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा इंग्ल्याण्डकै पूर्वकप्तानसमेत रहेका म्यानचेस्टर युनाइटेडका स्ट्राइकर वाइन रुनी छन् । उनले १८३ गोल गरेका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया