NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोतः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्र्यापण गरी अध्यक्ष दाहालले उनलाई श्रद्धाञ्जली अपर्ण गरेका हुन् ।

श्रद्धाञ्जलीपछि सञ्चारकर्मीसँग संक्षित प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले समाजवादी चिन्तक गिरीले समाज रुपान्तरणका लागि ठूलो योगदान पुर्‍याएको बताए । उनले भने, ‘बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो’। देशलाई रुपान्तरणकारी ढंगबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिने सांसद गिरीको निधनले असल राजनीतिकज्ञको अभाव खड्किएको उनको भनाइ थियो ।

‘गिरीको योगदानबाट प्रेरणा र शिक्षा लिनुपर्छ । राजनीतिलाई उहाँले सदैव समाजसेवामा मात्र प्रयोग गर्नुभएको थियो’ अध्यक्ष दाहालले भने, यसैगरी पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले पनि गिरीप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् । उनलाई श्रद्धाञ्जली अपर्ण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र सुभेच्छुकको घुइँचो लागेको छ । उनको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पुर्‍याइएकाे हो । गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।