अन्त्येष्टिका लागि आर्यघाट पुर्याइयो गिरीको पार्थिव शरिर
काठमाडौं । कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको पार्थिव शरिरलाई पशुपति आर्यघाट पुर्याइएको छ ।
शनिबार राति निधन भएका गिरीको पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जली कार्यक्रमपछि अन्त्येष्टि लागि आर्यघाट पुर्याइएको हो ।
निधन भएको मेडिसिटी अस्पताल र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गिरीलाई श्रद्धाञ्जली दिन पुगेकाहरूको भीड लागेको थियो ।
आर्यघाटमा पनि विभिन्न दलका नेता कार्यकर्तादेखि गिरिका हजारौं शुभेच्छुकको भीड लागेको हो ।
शवयात्रासहित उनकाे शरिरलाई पशुपति आर्यघाट पुर्याइएको हाे ।
कांग्रेसभित्र मात्र हाेइन कम्युनिष्ट र अरू दलले समेत गिरीलाई श्रद्दापूर्वक सम्झने गर्छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया