NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

भारत र अफगानिस्तानमा भारी वर्षा : मृत्यु हुनेको संख्या ४८ पुग्यो

काठमाडाैं । भारतमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो ।

हिमाचल प्रदेशमा मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । त्यहाँ छ जना अझै बेपत्ता छन् । त्यसैगरी घर भत्किँदा र पहिरोको छुट्टाछुट्टै घटनामा १२ जना घाइते भएका छन् । पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभाावित राज्यका पुल, सडक र राजमार्ग नराम्ररी क्षतिग्रस्त भएकाले आवतजावतमा अवरोध भएको छ । बाढीपहिरोका कारण हजारौँ स्वदेशी तथा विदेशी पर्यटक विभिन्न स्थानमा अलपत्र परेका छन् ।

शनिबार साँझ हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले प्रभावित जिल्लाहरूमा उच्च सरकारी अधिकारीहरूलाई यातायात आवागमनका लागि भत्किएका सडक मर्मतसम्भर गर्न तथा क्षतिग्रस्त पुल मर्मत वा पुनर्निर्माण गर्न निर्देशन दिएका थिए ।

यसैबीच, अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा बाढीमा परेर १० जनाको ज्यान गएको छ भने सयौँ घर क्षतविक्षत भएका सरकारी समाचार संस्था बख्तरले आइतबार जनाएको छ । बाढीले सयौँ हेक्टर खेतबारीमा क्षति भएको छ । विगत केही महिना यताको अविरल वर्षासँगै देशका विभिन्न भागमा भएका बाढीपहिरोका घटनामा परी दुई सयभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष