एमाले अध्यक्ष ओलीले आर्यघाट पुगेर दिए गिरीप्रति अन्तिम श्रद्धाञ्जली
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदिप गिरीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
आइतबार पशुपतिको आर्यघाटमा पुगेर ओलीले स्व.गिरीको अन्तिम विदाइ गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली श्रद्धाञ्जली व्यक्त गर्न कांग्रेसको पार्टी कार्यलय सानेपा नगइ आर्यघाट गएका हुन् ।
शनिबार राति लालितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको अन्तिम विधाइमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू, राजनीतिक दलका नेताहरूलगात पुगेका थिए । गिरीको शवलाई कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो । सिराह–१ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको राजकीय सम्मानका साथ अन्येष्टि गरिँदैछ ।



ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया