जापानका प्रधानमन्त्री किशिदा कोरोना संक्रमित

काठमाडाैं । जापानका प्रधानमन्त्री फुमियो किशिदा कोरोना संक्रमित भएका छन् । प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरूले जनाएअनुसार उनमा संक्रमणसँगै हल्का लक्षणहरू पनि देखिएको छ।
उनी अहिले आफ्नो सरकारी निवासमा आराम गरिरहेका छन् । उनलाई शनिबार राति हल्का ज्वरो र खोकी जस्ता लक्षणहरू देखिएको थियो । जापानको स्थानीय सञ्चारमाध्यम क्योडो नेले जनाएअनुसार ६५ वर्षीय प्रधानमन्त्रीले आफ्नो परिवारसँग करिब साता लामो गर्मी बिदा मनाएर सोमबारदेखि नियमित काममा फर्किने कार्यक्रम तय गरिएको थियो । तर उनमा शनिबारदेखि संक्रमणको लक्षण देखिन थालेपछि अहिले आराम गरिरहेका छन् ।
जापनामा पछिल्ला दिनहरूमा कोरोना संक्रमण तीव्र हुँदै गएको छ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया