NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रहरीको अनुसन्धान

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि त्यहाँको प्रहरीले अनुसन्धान थालेको छ । क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानले आफूनिकट सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान थालेको हो ।

खानले शनिवार राजनीतिक मन्तव्य दिने क्रममा पनि प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप लगाइएको छ ।

शनिवार सार्वजनिक मन्तव्यका क्रममा खानले आफ्नो पार्टी सहकर्मीलाई हिरासतमा राखेको र दुर्व्यवहार गरेकोबारे इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशको आरोपको खण्डन गरेका थिए ।

दुवै जनालाई चेतावनी दिँदै उनले भनेका थिए– तिमीहरूविरुद्ध पनि हामी कारबाही गर्छौं । तयार भएर बस ।’

पाकिस्तानमा राज्यका अधिकारीलाई धम्की दिनुलाई आतंकवाद विरोधी कानून उल्लंघन गरेको मानिन्छ ।

खानविरुद्ध प्रहरीले अनुसन्धान थालेसँगै उनको निवासबाहिर सयौं समर्थक भेला भएका छन् । उनीहरूले खानको प्रतिरक्षा गर्दै नियन्त्रणमा लिए राधजानी कब्जा गर्ने चेतावनी दिएका छन् ।

पाकिस्तानी प्रहरीले भने खानलाई नियन्त्रणका लागि नभएर सुरक्षाका लागि उनको निवास आसपास बसेको जनाएको छ ।

गत अप्रिलमा संसदमा विश्वासको मत हासिल गर्न नसकेपछि पूर्वक्रिकेटर खान सत्ताच्युत भएका थिए । नयाँ सरकार गठन भएसँगै खान तारो बनेका छन् । खानमाथि अहिले थालिएको अनुसन्धानलाई यसैसँग जोडेर हेरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष