पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रहरीको अनुसन्धान
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि त्यहाँको प्रहरीले अनुसन्धान थालेको छ । क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानले आफूनिकट सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान थालेको हो ।
खानले शनिवार राजनीतिक मन्तव्य दिने क्रममा पनि प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप लगाइएको छ ।
शनिवार सार्वजनिक मन्तव्यका क्रममा खानले आफ्नो पार्टी सहकर्मीलाई हिरासतमा राखेको र दुर्व्यवहार गरेकोबारे इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशको आरोपको खण्डन गरेका थिए ।
दुवै जनालाई चेतावनी दिँदै उनले भनेका थिए– तिमीहरूविरुद्ध पनि हामी कारबाही गर्छौं । तयार भएर बस ।’
पाकिस्तानमा राज्यका अधिकारीलाई धम्की दिनुलाई आतंकवाद विरोधी कानून उल्लंघन गरेको मानिन्छ ।
खानविरुद्ध प्रहरीले अनुसन्धान थालेसँगै उनको निवासबाहिर सयौं समर्थक भेला भएका छन् । उनीहरूले खानको प्रतिरक्षा गर्दै नियन्त्रणमा लिए राधजानी कब्जा गर्ने चेतावनी दिएका छन् ।
पाकिस्तानी प्रहरीले भने खानलाई नियन्त्रणका लागि नभएर सुरक्षाका लागि उनको निवास आसपास बसेको जनाएको छ ।
गत अप्रिलमा संसदमा विश्वासको मत हासिल गर्न नसकेपछि पूर्वक्रिकेटर खान सत्ताच्युत भएका थिए । नयाँ सरकार गठन भएसँगै खान तारो बनेका छन् । खानमाथि अहिले थालिएको अनुसन्धानलाई यसैसँग जोडेर हेरिएको छ ।
ताजा अपडेट
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने


प्रतिक्रिया