मेसीको पासमा एम्बाप्पेले ८ सेकेण्डमै गरे कीर्तिमानी गोल [भिडियाेसहित]
काठमाडौं । फ्रेन्च लिग वानमा पिएसजीका लागि केलियन एम्बाप्पले कीर्तिमानी गोल गरेका छन् । गएराति लिलविरुद्ध खेल सुरु भएको ८ सेकेण्डमै एम्बाप्पले गोल गरेका हुन् ।
मेसीको लामो पासमा गोलकिपरलाई विट गर्दै एप्बाप्पले गोल गरेका हुन् । लिगको इतिहासमा उनले ८ सेकेण्डमा गोल गरेको कीर्तिमानसँग बराबरी पनि गरेका छन् ।
लगातार तेस्रो खेलमा पनि फराकिलो जित हात पार्ने क्रममा पिएसजीले ७–१ अन्तरले खेल जित्यो । यस क्रममा एम्बाप्पेले ह्याट्रिक गरे ।
नेयमारले दुई गोल गर्दा मेसी र हाकिमीको नाममा एक एक गाेल रह्यो । नेयमारले २ एसिस्ट र मेसीले एक एसिस्ट गरे ।
लिगमा लगातारका तीन खेलमा पिएसजीले १७ गोल गर्दा तीन गोल खाएको छ ।
यस्ताे छ मेसीकाे पासमा एम्बाप्पले ८ सेकेण्डमा गरेकाे कीर्तिमानी गाेल
https://www.youtube.com/watch?v=585CQ62_wt0
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया