चितवन निकुञ्ज क्षेत्रमा एक वृद्ध मृत फेला
चितवन । माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन् । ७५ वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन् । आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो ।
शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । वडा नं ३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया