चितवन निकुञ्ज क्षेत्रमा एक वृद्ध मृत फेला

चितवन । माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन् । ७५ वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन् । आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो ।
शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । वडा नं ३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया