रामपुरमा शहीद स्मृति पार्क निर्माण
पाल्पा । पाल्पाको रामपुरमा शहीद स्मृति पार्क निर्माण गरिएको छ । पर्यटकीय विकास गर्ने उद्देश्यले रामपुर नगरपालिका–३ स्थित सानीअमराई सामुदायिक वन क्षेत्रमा पार्क निर्माण गरिएको हो । १४ लाख ४२ हजार रुपैयाँ केन्द्रीय बजेट तथा स्थानीयको एक लाख ४५ हजार रुपैयाँ जनश्रमदान गरी करिब १५ लाख ८७ हजाररुपैयाँको लागतमा पार्क निर्माण गरिएको समितिका अध्यक्ष सूर्यनारायण श्रेष्ठले बताए । नवनिर्मित पार्कको प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दलबहादुर रानाले आइतबार उद्घाटन गर्दै शहीदको सम्झनाका लागि निर्माण गरिएको पार्कले पर्यटकीय विकासमा टेवा पुग्ने बताएका छन्
पार्कलाई व्यवस्थित बनाउन विभिन्न संरचना थप गर्दै जानुपर्ने उनको भनाइ छ । डिभिजन वन कार्यालय पाल्पा र रामपुर डिभिजन वन कार्यालयको व्यवस्थापनमा पार्क निर्माण गरिएको हो । डिभिजन वन कार्यालयका प्रमुख दीपक ज्ञवालीले सामुदायिक वनको संरक्षणसँगै पर्या–पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया