नेता गिरीको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित
काठमाडौं । संघीय संसद्, राष्ट्रियसभाले प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ।
विसं २००६ मा सिरहाको बस्तीपुरमा जन्मिएका प्रतिनिधिसभाका सदस्य गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा यही भदौ ४ गते शनिबार राति ९ः३० बजे निधन भएकामा राष्ट्रियसभाले गहिरो शोक प्रकटसमेत गरेको छ ।
स्वर्गीय गिरी नेपाली कांग्रेसबाट २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित सदस्य, विसं २०६२/ ६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य, विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य र विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सिरहा जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सदस्य थिए ।
बैठकले स्व गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदनसमेत प्रकट गरेको छ । बैठकमा गिरीको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक भदौ १२ गते अपराह्न १ बजे बस्नेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया