दुवाडी सचिवमा बढुवा
काठमाडौं । सरकारले सहसचिव नारायण शर्मा दुवाडीलाई सचिवमा बढुवा गरेको छ । आजको मन्त्रिपरिषद्को बैठकले दुवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले बतायो ।
यसअघिको बैठकमा पनि उनको नाम पटक पटक बढुवाका लागि सिफारिस भएका थिए । स्रोतका अनुसार हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत दुवाडीलाई सुदूरपश्चिम प्रदेशमा मुख्य सचिवका रूपमा खटाउने निर्णय भएको छ ।
हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्यालले अवकास पाएसँगै प्रशासनतर्फ सचिव पद रिक्त थियो । सोही पदपूर्तीका लागि लोकसेवा आयोगको बढुवा समितिको बैठकले त्यसका लागि दुवाडीसँगै घनश्याम उपाध्याय र दिनेश घिमिरेको नाम पनि सिफारिस गरेको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया