‘प्रेम गीत ३’ को हिन्दी गीत सार्वजनिक

काठमाडौं । असोज ७ देखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको चलचित्र ‘प्रेमगीत ३’को हिन्दी गीतको गीतिएल्बम सार्वजनिक भएको छ। उक्त एल्बममा ४ गीत समावेश गरिएको छ ।
चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् । नेपाली चलचित्र क्षेत्रमा नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुन यो पहिलो चलचित्र हो । ३ दिनअघि चलचित्रको दोस्रो टिजर सार्वजनिक गरिएको थियो ।
चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ। गीतको एल्बम जि न्यूज कम्पनीले सार्वजनिक गरेको हो ।
ताजा अपडेट
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
-
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
प्रतिक्रिया