समयमै अस्पताल पुर्याउन नसक्दा शिशुको मुत्यु

काठमाडाैं । बैतडीबाट सुत्केरी हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिगास गाउँपालिका- ६ की २० वर्षीया बिन्दु धामीको शिशुको मृत्यु भएको छ ।
उनलाई तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले आज बिहान थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको थियो । उनलाई समयमै अस्पताल पुर्याउन नसक्दा शिशुको पेटमै मुत्यु भएको स्राेतले जनाएकाे छ । सुत्केरीको स्वास्थ्य अवस्था गम्भीर रहेको र उपचार भइरहेको छ।
दुर्गममा रहेको सिगास गाउँपालिकाबाट जिल्ला अस्पताल ल्याउनका घण्टौं लाग्ने भएकाले नेपाली सेनाको हेलिकप्टरबाट उनको उद्धार गरिएको थियो ।
ताजा अपडेट
-
विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै
-
१२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाउन ट्रम्पले गरे घोषणापत्रमा हस्ताक्षर
-
संसद्का दुवै सदनको आज बैठक, बजेटमाथि छलफल मुख्य एजेन्डा
-
पोर्चुगल नेसन्स लिगको फाइनलमा, जर्मनी पराजित
-
अबदेखि घरजग्गा कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने, कारण यस्तो छ
प्रतिक्रिया