सप्तरीमा माइक्रो बस दुर्घटना : एक जनाको मृत्यु, १३ घाइते

काठमाडौं । सप्तरीमा माइक्रो बस दुर्घटना भएको छ । गुडिरहेको माइक्रो बस टायर पड्किएर सोमबार दुर्घटना भएको हो ।
दुर्घटनामा परी एक जनाको मृत्यु भएको तथा १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख २३१० नम्बरको माइक्रो बसको पछाडिको टायर पड्किएपछि अनियन्त्रित भएर पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा कन्काई नगरपालिका ८ बस्ने ५२ वर्षीया अमृता ओली रहेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
ताजा अपडेट
-
भोटेकोशीमा आएको बाढीले मितेरी पुल बगायो,रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
-
टोखा-छहरे सुरुङमार्ग निर्माण र नागढुंगा सुरुङमार्ग सञ्चालनबारे छलफल
-
गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि…
प्रतिक्रिया