NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

एनएमबि बैकद्वारा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा

काठमाडौं । एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।

महिलाहरूलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविष्यमा थप टेवा पुग्ने अपेक्षा बैंकले राखेको छ ।

कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारीहरू, महिला उद्यमीहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरू उपस्थिति रहेको थियो ।

एनएमबि बैंकमा प्रदेश नम्बर १ मा टंकीसिनुवारी,मधेस प्रदेशमा महोत्तरी,बागमती प्रदेशमा बल्खु,गण्डकीमा चाउथे,लुम्बिनी प्रदेशमा भलवारी,सुदूरपश्चिम प्रदेशमा धनगढी शाखाको नेतृत्व महिलाले गरेका छन् ।