बीमा रकमको लोभमा आफ्नै गाडीमाथि आगजनी

काठमाडाैं । बीमा रकमको लोभमा परेर दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी आफैँले चलाउँदै आएको टिप्परमा चालक र सहचालक मिलेर आगो लगाएका छन् ।
उनीहरूले घोराही(लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले आफैँले चलाउँदै आएको टिप्परमा आगो लगाएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया