NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

जब चालकले आफैँले चलाउने गरेको टिपर जलाए !

काठमाडौं । दाङमा एक चालकले आफैँले चलाउने गरेको टिपर जलाएका छन् । चालक अरुण चौधरीले बीमाको लोभमा परी आफैंले चलाउने टिपर जलाएको प्रहरीले जनाएको छ ।

चालक अरुण र सहचालक आकाश चौधरीले नेपाल बन्दको मौका पारेर मंगलबार बिहान टिपरमा आगजनी गरेको पुष्टि भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरको छ । चालक र सहचालकलाई पक्राउ गरेको हो ।

चालक अरुणले गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आफैँले आगजनी गरेको बयान दिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) राजनकुमार गौतमले बताए ।

घोराही–लमही सडकखण्डको बबई खोलाको पुलमा रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरीले चालक र सहचालकलाई घटनाबारे सोधपुछ गरेको थियो । चालक अरुणले सुरुमा पाँच जनाको अज्ञात समूहले टिपरमा आगो लगाएर भागेको बताएका थिए ।

तर, अन्य सवारीसाधन निर्वाध रुपमा चलेको देखेपछि शंका लागेर सोधपुछ गर्दा उनीहरूले वास्तविक कुरा स्वीकारेका थिए ।