NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

भारतमा एकैदिन थपिए ८ हजार ५०० भन्दा बढी कोरोनाका बिरामी

काठमाडाैं । भारतमा एकै दिनमा कोरोना संक्रमितको संख्या ८ हजार पाँच सय भन्दा बढी भएको छ । त्यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म आठ हजार पाँच सय ८६ जना कोरोना संक्रमित भएका सय स्वास्थ्य संघीय मन्त्रालयले मंगलबार सार्वजनिक गरेको छ ।

यसैसँगै भारतमा चार करोड ४३ लाख ५६ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात सोमबार प्रकाशित तथ्यांकअनुसार एक दिनमा ९ हजार पाँच सय ३१ जनामा संक्रमण देखापरेको थियो ।

दैनिक संक्रमितको संख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या ९६ हजार पाँच सय छ जना रहेका छन् । कोरोना सुरु भएबाट हालसम्म त्यहाँ पाँच लाख २७ हजार तीन सस ७० भन्दा बढीको मृत्यु भएको छ ।

भारतमा हिजो एक दिनमा नौ हजार छ सय ८० जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ३३ हजार छ सय २४ जना कोरोनामुक्त भएका छन् ।

नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब दश करोड २४ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष