पेस्तोलसहित एक राउन्ड गोली बरामद
सप्तरी । सप्तरीबाट पेस्तोल बरामद भएको छ । सप्तरीको राजगढ गाउँपालिका–२ बनैनियाँस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरी बल ६ नं गण हेड क्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।
यस्तै जेठ ५ गते सप्तरीको हनुमाननगर कङ्कालिनीनगरपालिका–१ भारदहस्थित कोसी नदीको किनारबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित सोही ठाउँका २६ वर्षीय रञ्जित मण्डललाई पक्राउ गरेको थियो । प्रहरीले सुरक्षाको प्रत्याभूति गर्न विशेष जाँच अभियान चलाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया