NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

साउनमा १ खर्बको आयात, १४ अर्बको निर्यात

काठमाडाैं । चालु आव २०७९/८० को पहिलो महिना अर्थात साउनमा १ खर्बभन्दा बढीको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त आवमा कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रूपैयाँ बराबरको वस्तु आयात भएको हो ।

गत आव ९२०७८र७९० को सोही महिनाको तुलानमा आयात १२.९० प्रतिशतले घटेको हो । गत आवको सोही महिनामा आयात एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रूपैयाँको वस्तु आयात भएको थियो ।

त्यस्तै चालु आवको साउनमा १४ अर्ब ८० करोड ९७ लाख रूपैयाँ बराबरको वस्तु विदेशमा निर्यात भएको विभागको तथ्यांक छ । जुन गत आवकोको सोही महिनाको तुलानमा २८।६८ प्रतिशतले कमी हो । गत आवकोको सोही महिनामा नेपालबाट २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रूपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएको थियो ।

१ अर्ब १६ करोडको व्यापार घाटा

चालु आवको साउनमा व्यापारघाटामा पनि कमी आएको छ । साउनमा नेपालको विभिन्न मूलुकसँग व्यापारघाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रूपैयाँ रहेको छ । जुन गत आवको सोही महिनाको तुलानमा १० प्रतिशतले कमी हो । गत आवको सोही महिनामा नेपालको विभिन्न देशसँग व्यापारघाटा १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ थियो ।

३१ अर्बको राजश्व संकलन

विभागको तथ्यांकअनुसार साउनमा कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रूपैयाँ बराबरको वस्तु आयात गर्दा ३१ अर्ब ९६ करोड १६ लाख ४१ हजार रूपैयाँ राजश्व संकलन गरेको छ ।

सबैभन्दा बढी डिजेल आयात

चालु आवको साउनमा नेपालले सबैभन्दा बढी डिजेल आयात गरेको छ । सोही आवको सोही महिनामा नेपालमा ८ अर्ब ९८ करोड ९ लाख रुपैयाँको डिजेल आयात भएको हो । त्यस्तै, ६ अर्ब ३८ करोड ५९ लाख रुपैयाँको पेट्रोल आयात भएको छ ।