माली मिसनमा खटिन सशस्त्रले पायो अनुमति

काठमाडौं । सरकारले माली मिसनमा खटिन सशस्त्र प्रहरी बललाई स्वीकृति प्रदान गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रको फम्र्ड पुलिस युनिट (एफपियू) मालीमा खटाउन स्वीकृति दिएको हो ।
यसअघि संयुक्त राष्ट्र संघले सशस्त्रलाई मालीमा खटाउने निर्णय गरी त्यसबारे पत्राचार गरेको थियो ।
योसँगै अब सशस्त्र प्रहरी माली मिसनमा खटिने भएको छ । यसका लागि सशस्त्रले १४० जना खटाउन तयारी अघि बढाएको छ । त्यहाँ खटिने टोलीको छनोटसँगै तालिम तथा बन्दोबस्तीका सामान खरिदका लागि सशस्त्रले तयारी अघि बढाएको हो ।
सशस्त्रको कार्यक्षेत्र किदाल तोकिएको छ । यो मालीको जोखिमपूर्ण क्षेत्र मानिन्छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया