प्रधानमन्त्री देउवाले ओलीलाई किन बोलाए बालुवाटार ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान देउवालाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटार गएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
उनका अनुसार मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचन, प्रदेशसभा निर्वाचन, सरकारले संसदमा प्रस्ताव गरेको संक्रमणालीन न्यायसम्बन्धी विधेयकलगायत विषयमा छलफल भएकोछ ।
‘प्रधानमन्त्रीज्यूकै निमत्रणामा ओली भेटवार्ता गर्न आउनुभएको हो’, देउवाले भने, ‘दुई नेताबीच आगामी निर्वाचन, सरकारको तयारी, संक्रमण्कालीन न्यायसम्बन्धी सरकारले संसदमा पेश गरेको विधयकलगायत विषयमा छलफल भएको छ ।’
गठबन्धन दलहरूबीच सिट भागबण्डामा सकस देखिएको अवस्थामा प्रधानमन्त्री देउवाले एमाले अध्यक्षसमेत रहेका विपक्षी दलको नेतालाई भेट गर्नु अर्थपूर्ण रहेको छ । देउवा–ओलीबीचको भेटलाई कतिपयले प्रचण्ड–माधवलाई दबाब दिने रणनीति हुन सक्ने आशंका गरेका छन् ।
गत फागुनमा एमसिसी संसदबाट अनुमोदन गर्न प्रचण्ड–माधवले आनाकानी गरेपछि दबाब दिनका लागि देउवाले ओलीसँग भेट गरी सहकार्यको लागि प्रस्ताव गरेका थिए । एमसिसीकै कारण त्यतिबेला गठबन्धन सरकार धरापमा परेको थियो । देउवा ओलीसँग नजिकिएपिछ प्रचण्ड–माधव पछाडि हटेका थिए ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया