NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

धौलागिरी लघुवित्तको आइपिओ बाँडफाँट, भाग्यमानी ५ जना आवेदकले पाए ११ कित्ता सेयर

काठमाडाैं । धौलागिरी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज बुधबार बिहान आइपिओ बाँडफाँड सम्पन्न गरेको हो ।

क्यापिटलका अनुसार आइपिओमा कुल १८ लाख ६५ हजार ९ सय २६ जना आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो ।जसमध्ये १२ सय ८६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

बाँकी १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट कुल ३० हजार ९ सय २९ जना आवेदकले शेयर पाएका छन् । यीमध्ये ५ जना आवेदकले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ता सेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएकामध्ये १८ लाख ६४ हजार १ सय ८३ जना आवेदक हात खाली भएका छन् ।

आइपिओको नतिजा सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट http://www.sunrisecapital.com.np/  र धौलागिरी लघुवित्त कम्पनीको वेबसाइट https://dhaulagiribank.com/  बाट पनि हेर्न सकिने छ ।

वेबसाइटबाट नतिजा हेर्न भने केही समय कुर्नुपर्ने छ ।

धौलागिरी लघुवित्तको आइपिओ बुधबार बाँडफाँट हुँदै