धौलागिरी लघुवित्तको आइपिओ बुधबार बाँडफाँट हुँदै
काठमाडाैं । धौलागिरी लघुवित्तको आइपिओ बुधबार (भदाै ८) गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइपिओ बाँडफाँट क्यापिटलकै कार्यालयमा हुने छ ।
कम्पनीले साउन २४ गतेबाट आइपिओ जारी गरेको थियो । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको हो ।
कम्पनीका अनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता आइपिओ निष्कासन गरेको हो । जसमध्ये ५५ अर्थात् १६ हजार ५५० कित्ता सामुहिक लगानी कोष र ०.५५ अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।आइपीओ बाँडफाँडपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया