NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

धौलागिरी लघुवित्तको आइपिओ बुधबार बाँडफाँट हुँदै

काठमाडाैं । धौलागिरी लघुवित्तको आइपिओ बुधबार (भदाै ८) गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइपिओ बाँडफाँट क्यापिटलकै कार्यालयमा हुने छ ।

कम्पनीले साउन २४ गतेबाट आइपिओ जारी गरेको थियो । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको हो ।

कम्पनीका अनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता आइपिओ निष्कासन गरेको हो । जसमध्ये ५५ अर्थात् १६ हजार ५५० कित्ता सामुहिक लगानी कोष र ०.५५ अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।आइपीओ बाँडफाँडपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।